२१ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

तु खबर संवाददाता
२०८० कार्तिक १९,आईतवार १५:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।

बैंकले कात्तिक २१ गते जारी गर्ने गरी ९१ दिने र १८२ दिने गरी दुई किसिमका गरी कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

बैंकले ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ र १८२ दिनेका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।