समाचार
आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आव मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताउँदै सो कुराको जानकारी गराएको हो । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा...
जाजरकोट भुकम्प अपडेट: मृतकमध्ये १२० शव आफन्तले बुझे
जाजरकोट । जाजरकोट भुकम्पमा परेर मृत्यु भएकामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । गत शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु गरेर गएको भुकम्पमा परेर मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बाँकी ३७ जना शव पनि आफन्तलाई बुझाउने तयारी भइरहेको छ...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक हाल जारी छ । बिहान ८ बजे बस्ने गरी आहवान गरिएको मन्त्रिपरिषद् केही समयअघि सिंहदरबारमा सुरु भएको हो । उक्त बैठकमा भुकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको जनाइएको छ । गत शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु गरेर गएको शक्तिशालि भुकम्पमा...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको उक्त परिषद्को बैठक आज बिहान साढे ९ बजे बस्ने गरी आह्वान गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो । सो...
डोटीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु
डोटी । डोटीमा आज बिहानै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहान सवा २ बजेको समयमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया...
हेटौंडा लेडी जेसीजको जेसीस सप्ताह सम्पन्न
मकवानपुर । हेटौंडा लेडी जेसीजको सप्ताह २०२३ सम्पन्न भएको छ । गत कात्तिक १५ गते बुधबारबाट सुरु भएको जेसीस सप्ताह विभिन्न कार्यक्रम गरी शनिबार समापन गरिएको हो । समापन कार्यक्रम हेटौंडा लेडी जेसीज वर्ष–२०२३ का अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको...
मकवानपुरको हाँडीखोलामा निःशुल्क दन्त शिविर सम्पन्न
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडिखोलामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । उक्त शिविर रोटरी क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ हेटौंडाको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो । एभरेष्ट डेन्टल क्लिनिक र पुजा दात घरको प्राविधिक सहयोग र डाक्टर मनोज कुमार...
हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईनसहित शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनकोभरतपुर महानगरपालिका–१२ नौरङगे बस्ने ३३ वर्षीय बिशाल दराई र सोही महानगरपालिका–९ बस्ने २३ वर्षीय अमृत दुरा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
हेटौंडामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते
मकवानपुर । मकवानपरमा शनिबार अपराह्न मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने श्रीकृष्ण पुरीको छोरा ५ वर्षीय रुप पुरी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको मनहरी –९...
भुकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो
काठमाडौं । जाजरकोटमा गएराति आएको शक्तिशाली भुकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो अपडेट अनुसार ९९ जना महिला र ५८ जना पुरुषको भुकम्पका कारण मृत्यु भएको हो । मृत्यु भएकामध्ये सबैभन्दा धेरै जाजरकोटका रहेका छन् । त्यहाँ १ सय ५ जनाको मृत्यु भएको छ...










