समाचार
भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले भुकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । कांग्रेसले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका लागि सरकारको कोषमा उक्त रकम उपलब्ध गराउने जानकारी गराएको हो । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भुकम्पमा...
खसीको मासु भनेर बाख्राको मासु बेच्ने पक्राउ
जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल...
भूकम्प प्रभावितको उद्धार तथा राहतबारे निर्णय सिंहदरबारमा बैठक जारी
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचार बारे निर्णय गर्न हाल सिंहदरबारमा बैठक जारी छ । बैठक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शनिबार देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका केही...
नक्कली पेस्तोल देखाएर धम्की दिने हेटौंडाका युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा बिहीबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी बस्ने १९ वर्षीय साजन स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, स्याङताले शिखरपानी...
भुकम्पमा परेर नगरपालिकाकी उपप्रमुखको मृत्यु
सुर्खेत । जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परेर मृत्यु भएको छ । शुक्रबार राति आएको भुकम्पमा परेर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार, सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनका उद्दार गरी उपचारको लागि...
रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री दाहालले रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर सो दिर्नेशन दिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, प्रधानमन्त्रीले अन्तको उडान स्थगित...
भुकम्प अपडेट: मृत्यु हुनेको संख्या १२८ पुग्यो
सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । यस्तै, जाजरकोटमा भुकम्पमा परेर हालसम्म ५५ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार...
जाजरकोटमा लगातार भुकम्पका धक्का महसुस
काठमाडौं । शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि लगातार भुकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र...
देशभर डेंगु संक्रमितको संख्या ४४ हजार नाघ्यो
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो समयमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेसँगै कुल संख्या ४४ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । महाशाखाका अनुसार, हालसम्म ७६ जिल्लामा गरी ४४ हजार ८४ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै सो अवधिमा २०...










