भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने कांग्रेसको निर्णय

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार ११:१५
file-photo

काठमाडौं । नेपाली कांग्रेसले भुकम्प पीडितका लागि ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

कांग्रेसले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचारका लागि सरकारको कोषमा उक्त रकम उपलब्ध गराउने जानकारी गराएको हो ।

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भुकम्पमा परेर ठूलो क्षति भएको छ । कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न आग्रह गरेको छ ।