समाचार
कोशी प्रदेश सभाको बैठक यही कात्तिक २० गते बस्ने गरी आह्वान
विराटनगर । कोशी प्रदेश सभाको बैठक यही कार्तिक २० गते बस्ने गरी आह्वान गरिएको छ । गत कार्तिक १ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा २० गते सोमबार बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका...
भारतमा भएको सवारी दुर्घटनामा परेर पाँच जना नेपालीको मृत्यु
सुर्खेत । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा गएराति सवारी दुर्घटनामा परेर पाँच जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा...
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत
काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार उनकै निवास कोटेश्वरमा पुगेका हुन् । उनीहरुबीच भएको शिष्टाचार भेटका क्रममा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिए ।
नेपाल १० वर्षपछि पुनः टी–२० विश्वकपमा छनोट
काठमाडौं । नेपाल टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । नेपाल १० वर्षपछि पुनः टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२०...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
जनकपुरधाम । महोत्तरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक महोत्तरी पिपरा गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रामगुलाम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार दिउँसो करिब १ बजे महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको...
नेविसंघका केन्द्रीय सदस्यको प्रस्थापना गरिँदै
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई प्रस्थापना गरिँदैछ । केन्द्रीय सदस्यहरूको प्रस्थापना यही कात्तिक २० र २१ गते गर्ने भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा नेविसंघबाट उम्मेदवार भई स्ववियु सभापति जितेकाहरूलाई पनि सम्मान...
हात्तीको बङ्गारासहित पक्राउ
झाप । झापा प्रहरीले हात्तीको बङ्गारासहित गएराति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा नगरपालिका–७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् । प्रहरीले उनीहरुलाई ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७२५ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७२५ पुगेको छ । जिल्लामा ३७१ पुरुष र ३५४ महिला गरी उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका...
बागमती प्रदेश सभा सचिवालयमा एउटा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज शुक्रबा एउटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । उनका अनुसार, प्रदेश सभामा दर्ता भएको विधेयकमा प्रदेश हस्तकलाग्रामको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०...
अवैध लागूऔषधसहित १२ जना पक्राउ
मकवानपुर । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा, चितवन, झापा र बाँके जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले धनुषाको औरही गाउँपालिका–१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका–१ घर भएका २४ वर्षीय प्रिन्स...










