नेपाल १० वर्षपछि पुनः टी–२० विश्वकपमा छनोट

तु खबर संवाददाता
२०८० कार्तिक १७,शुक्रबार १६:२७

काठमाडौं । नेपाल टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।

नेपाल १० वर्षपछि पुनः टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा खेलेको थियो ।

जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनल खेलमा ओमानसँग उपाधिका लागि भिड्नेछ ।