बागमती प्रदेश सभा सचिवालयमा एउटा विधेयक दर्ता

तु खबर संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १५:३२

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज शुक्रबा एउटा विधेयक दर्ता भएको छ ।

प्रदेश सचिवालयमा सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

उनका अनुसार, प्रदेश सभामा दर्ता भएको विधेयकमा प्रदेश हस्तकलाग्रामको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दर्ता भएको हो ।

उक्त विधेयक आगामी बस्ने हिउँदे अधिवेशन बैठकमा छलफलको लागि प्रस्ताब टेबुल गरिने सचिवालयका सचिव दर्जीले बताए ।