समाचार
इजरायलमा मारिएका थप एक जनाको शव नेपाल ल्याइयो
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका थप एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । उक्त शव बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेका छन् । उनको शव फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनको शव नेपाल...
मकवानपुरमा क्रेन दुर्घटना हुँदा महतोको मृत्यु
मकवानपुर । मकवानपुरमा सवारी दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज ३० लालपर्सा बस्ने वर्ष १८ का बिपिन महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । आज विहान पूर्वपश्चिम सडकखण्ड हुँदै हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्वरको हाइड्रा क्रेन...
आज विजयादशमीः टीकाको उत्तम साइत ११:०२ बजे
मकवानपुर । आज विजयादशमी मनाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन...
आज महानवमीः नवदूर्गा भगवतीको विशेष पूजा
मकवानपुर । आज आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत...
भूकम्पका कारण धादिङमा १८ परिवारको घरगोठमा क्षति
हेटौंडा । आज बिहान गएको भूकम्पबाट धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका...
हेटौंडाको भुटनदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको भिड (फोटो फिचर)
मकवानपुर । बडा दसैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड देखिएको छ । नवरात्रको आज सातौ दिन अर्थात फूलपाती विभिन्न...
हेटौंडाको भुटनदेवी मन्दिरमा फुलपाती भित्र्याईयो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा फुलपाती भित्र्याइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा,...
मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३६ जना घाइते
मकवानपुर । धरान–चतरा सडक अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ मा शुक्रबार बस दुर्घटना ३६ जना घाइते भएका छन् । हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना हुँदा ३६ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...
भीमफेदीमा मोटरसाइकल दुर्घटना, लामाको मृत्यु
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने भैंसे–हेटौंडा सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका १ बस्ने हाल उमेर नखुलेको सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
‘राष्ट्रिय एकता हासिल गर्न हाम्रा चाडपर्वको महत्व छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताएका छन् । नेपालीहरुको महान चार्ड बडादसैं, शुभदिपावली, नेपाल संवत एवम् छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन्...









