माटोको ढिस्कोमा पुरिएर पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार १५:४५
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं चन्द्रागिरीमा माटोको ढिस्कोमा पुरिएर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट ईशनाथ नगरपालिका–६ पल्टुवाका ४२ वर्षीय छोटेलाल साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शुक्रबार अपराह्न चन्द्रागिरी नगरपालिका–५ स्थित ढल खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर साहको मृत्यु भएको हो ।

मृतक साहको शव शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि लगिएको जनाइएको छ ।