मकवानपुर प्रहरीद्वारा अवैध पटका र सुर्ति बरामद

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार १६:०५

मकवानपुर । मकवानपुर प्रहरीले आज शनिबार हेटौंडाबाट अवैध पटका र सुर्ति बरामद गरेको छ ।

प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे अवैध पटका र सुर्ति बरामद भएको हो ।

प्रहरीले ४०० प्याकेट (१ प्याकेटमा २८ पिस का दरले) अयदचब पटका, सुर्ति – अन्दाजी १० किलो सुर्ति (बोरामा खुल्ला), गुल–१० प्याकेट बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, बिहान ९ः४५ बजेको समयमा रौतहट गौरबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ८८४८ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको यात्रु बस्ने सिट मुनि लुकाईछिपाई ल्याएको सो परिमाणको पटका र सुर्ति फेला परेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।