सातामा सुनको भाउ घट्यो
काठमाडौं । यस साता नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ ।
गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा १ हजार १ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १ लाख १५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, गत शुक्रबार प्रतितोलामा १ लाख १६ हजार ४५० रहेको तेजाबी सुनको भाउ १ लाख १५ हजार ३५० रुपैयाँमा पुगेको छ ।
त्यस्तै, यो साता चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
