समाचार

बारामा एक महिला मृत अवस्थामा फेला

बारा । बारामा आज बिहान एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–६ स्थित चौरीमा हाल नाम थर नखुलेको अन्दाजी २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बारा प्रहरीका अनुसार, स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव...

आममाफी पाएका रिगल नेपालगञ्चबाट पक्राउ

काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । उनलाई बिहीबार अपराह्न नेपालगञ्जबाट पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । बिहीबार सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको थियो । सो फैसलासँगै न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा,...

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, उदयपुर, कैलाली, कञ्चनपुर, बर्दिया, बारा र चितवन जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ३० मिलिग्रामसहित पाँच जनालाई पक्राउ गरेको छ...

एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक आजै बस्ने गरी आह्वान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार, बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने गरी आहवान गरिएको हो ।

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको हो । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । सभामुख घिमिरे मन्त्रिपरिषद्को सिफारिसमा संघीय...

सर्वोच्चद्वारा सरकारको निर्णय बदर गर्दै भारतीको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई बदर गर्दै सर्वोच्चले भारतीको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशहरु क्रमशः...

नेपाल–भारत सीमा स्तम्भको मर्मत कार्य सुरु

जनकपुरधाम । नेपाल–भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत कार्य सुरु गरिएको छ । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको बिहीबारबाट मर्मत कार्य सुरु गरेको हो । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै...

बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से दोहोरो अंकले गिरावट आएको छ । आज नेप्स १० अंकले घटेर १९० मा पुगेर रोकिएको छ । यस्तै, आज ३७ लाख ४९ हजार ९५४ कित्ता किनबेच हुँदा कारोबार भने ९६ करोड ४४ लाख ७७ हजार बराबरको भएको छ ।...

नक्कली कागजात बनाएको आरोपमा पक्राउ

काठमाडौं । श्रम स्वीकृति लगायत नक्कली कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा घर भई हाल काठमाडौं बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत कार्तिक १२ गते भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू...

बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बिहीबार आदिवासी जनजाती आयोगले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आदिवासी जनजाती आयोगका सदस्य सुर्यबहादुर गुरुङले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका सदस्य गुरुङले नेपालको संविधानको धारा २९४ को...