समाचार

सरकारी नम्बरको बाइकमा भारतीय नम्बर राखेर चलाउने पक्राउ

रौतहट । सरकारी नम्बरको मोटरसाइकल (बाइक) मा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई प्रहरीले बुधबार रौतहटबाट पक्राउ गरेको छ । फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई पक्राउ...

मकवानपुरमा आत्महत्याका घटना बढ्दो

मकवानपुर । मकवानपुरमा आत्महत्याका घटना बढ्दो छ । जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ४३ जनाले आत्महत्या गरेका छन् । जिल्लामा आत्महत्या गर्नेमा २८ जना पुरुष, १२ महिला, २ बालक र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । उनीहरुले पारिवारिक कलह, आर्थिक समस्या, प्रेम...

मकवानपुरमा थप ४ जना डेंगु संक्रमण पुष्टि, कुल संख्या कति पुग्यो ?

मकवानपुर । मकवानपुरमा थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये हेटौंडाका २ जना, मनहरी र भीमफेदीका एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थय कार्यालय मकवानपुरका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या...

सरार्फ हत्या प्रकरणः पाँच आरोपी सार्वजनिक

बारा । बारामा गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्वर ६ मदर्शामा सोमबार दिउँसो गोली हानी रुपेश सरार्फ (गुड्डु) को हत्या भएको थियो । सोही घटनामा संलग्न रहेका पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले...

मकवानपुरमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु

मकवानपुर । मकवानपुरमा गैरआवासीय नेपाली नागरिकता विरतण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार एक कार्यक्रमबीच हेटौंडाका दुई जना गैरआवसीय नागरिकलाई नागरिकता दिई वितरण सुरु गरेको हो । नागरिकता प्राप्त गर्नेहरुमा हेटौंडा–११ की संजिता विडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । उनीहरु श्रीमान् श्रीमती हुन्...

मुख्यमन्त्री जम्मकट्टेको अभिव्यक्तिप्रति एमाले बागमतीको आपत्ती

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति नेकपा एमाले बागमतीले आपत्ती जनाएको छ । एमाले बागमती प्रदेश संसदीय दलको बुधबार ललितपुरमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो । मुख्यमन्त्री जम्कट्टेलले गत असोज ३ गते भक्तपुरको मध्यपुरथिमिमा...

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

मकवानपुर । प्रहरीले विभिन्न स्थानबाट जरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र झापाका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाबाट १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने...

भारतबाट सयपत्री फूलको माला आयातमा रोक

काठमाडौं । भारतबाट सयपत्री फूलको माला आयातमा रोक लगाइएको छ । सरकारले तिहारमा आन्तरिक उत्पादनले नै माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाएको हो । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा...

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी दिन आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी दिन आह्वान गरेको हो । पौड्याल उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिने समितिले...

राष्ट्रिय सभामा रिक्त हुने पदको चुनाव माघमा गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदको चुनाव आगामी माघमा गर्न प्रस्ताव गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त पदको लागि माघ १० गते आसपास चुनाव गर्न प्रस्ताव गरेका हुन् ।...