राष्ट्रिय सभामा रिक्त हुने पदको चुनाव माघमा गर्न प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदको चुनाव आगामी माघमा गर्न प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त पदको लागि माघ १० गते आसपास चुनाव गर्न प्रस्ताव गरेका हुन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । सदस्य रिक्त हुनुभन्दा एक महिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप चुनाव गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको उनको भनाई छ ।