चुनावको प्रचार–प्रसारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आग्रह

तु खबर संवाददाता
२०८१ मंसिर १०,सोमबार ०९:०१

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारमा का क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

आयोगको आइतबारको बैठकले चुनाव प्रचारमा बढी सवारी साधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको जानकारी दिईन् ।

निर्वाचन प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसार भइरहेको उल्लेख गर्दै आचारसंहिता पालना गर्न÷गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

यही आयोगको नियम विपरित कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्ने उनको भनाई छ ।

यही मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । सो दिन देशभरका विभिनन ४३ पदमा मतदान हुनेछ ।