क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी दिन आह्वान

तु खबर संवाददाता
२०८० कार्तिक १५, बुधबार १५:५८
file-photo

काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी दिन आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

पौड्याल उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिने समितिले जनाएको छ । समितिका अनुसार, उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।

बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको हो ।