समाचार
एमालेको चियापान कार्यक्रम आज
काठमाडौं । नेकपा एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज हुँदैछ । एमालेले नेपालीहरुको महान पर्व बडादसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएकोे हो । एमाले केन्द्रीय कार्यालयका अनुसार, चियापानमा राजनीतिक दलका नेता,...
हेटौंडामा सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मा मंगलबार सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१३ को आयोजनामा भएको हो । सहकारीलाई कसरी अगाडि बढाउने, त्यसमा शेयर सदस्यहरुले खेल्नुपर्ने भूमिका के–कस्ता छन् भन्ने बारे शेयर सदस्यहरुसँग...
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिउँसो पौने ३ बजेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्वरको मिनीट्रक (पानी लोड) आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसी दुर्घटना...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुर र बारा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१० गैरुनकाली खोलाको नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २७ ग्राम, डिजिटल तराजु १ थान र नगद १ लाख ५४ हजार रूपैयाँसहित...
मकवानपुर प्रहरीद्वारा अवैध पटका बरामद
मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार अवैध पटका बरामद गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा नजिकैबाट ५ प्याकेट (२५० पिस ) पटका बरामद गरेको हो । उक्त पटका पुर्व–पश्चिम सडकखण्डमा खटिएको चेकिङ टोलीले बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...
सर्वोच्च अदालत : रिगलविरुद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौं । सर्वोच्च अदालतले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार वादीपक्षबाट बालकृष्ण न्यौपाने, यज्ञनिधी न्यौपाने लगायतले बहस गरेका थिए । यस्तै, सरकारको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी लगायतले बहस गरेका...
कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार इटहरीमा बसेको पार्टीको पदाधिकारी समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले बताए । जसपाले कोशी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो ।
मकवानपुरमा डेंगु संक्रमितको संख्या ७१८ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको संख्या ७१८ पुगेको छ । जिल्लामा मंगलबार थप ६ जनामा डेंगु संक्रमण भएसँगै संक्रमितको कूल संख्या ७१८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन्...
मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच भएको छ भने ५७ करोड १४...
काभ्रेमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काभ्रे । काभ्रेको पनौती–२ सिलाभंज्याङमामा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दिउँसो २ः१० बजेको समयमा कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी ६०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु...










