समाचार
लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके र कैलाली गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।...
आज पनि घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । केही दिनदेखि ओलारो लागेको सुनको भाउ आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । भाउ घटेसँगै बुधबार सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँ...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
दाङ । दाङमा मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका–२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा सवारी दुर्घटना हुँदा तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादव रहेको...
संसद् अन्तरगत पाँच वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संसद् अन्तरगत पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठक बस्दैछ । उक्त समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको हो । त्यस्तै, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि...
मकवानपुरमा २८ ग्राहकको एकैदिन लाइन काटियो
मकवानपुर । मकवानपुरमा विद्युत महशुल नतिर्ने २८ ग्राहकको एकैदिन लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको पालुङ वितरण केन्द्रले सोमबार २८ ग्राहकको लाइन काटेको हो । प्राधिकरणको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार, लामो समयदेखि बक्यौता रकम नतिर्ने क्रम बढ्दै गएपछि लाइन काट्ने अभियान सुरु गरेको हो ।...
मकवानपुरमा गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य आजसम्म
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा गत आइतबारबाट संचालन भएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य आजसम्म हुने जनाएको छ । प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गने कार्य आजसम्म हुने मकवानपुरका प्रहरी नायव उपरीक्षक...
हेटौंडामा घरको छतबाट लडेर बालक घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा मंगलबार घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ रानिदरबार नजिक बस्ने उमा बाग्लेको छोरा अन्दाजी २ वर्षीय आएस वाग्ले घरको छतबाट लडेर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आएस आफ्नै घरको एक तलामाथि छतमा...
अब दुई हजार कैदीले जेल बाहिरै बसेर कैद भुक्तान गर्न सकिने
काठमाडौं । अब करिब दुई हजार कैदीले जेल बाहिरै बसेर कैद भुक्तान गर्न सकिने भएका छन् । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा उनीहरुले जेल बाहिरै बस्ने सुविधा पाउने भएका हुन् । मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले सो बारे...
जुवाको खालबाट केही कलाकारसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा केही कलाकारसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक...
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । यस्तै, आज दिउँसो देशभर आंशिक बदली रहनुका साथै देशका पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च...










