मकवानपुरमा २८ ग्राहकको एकैदिन लाइन काटियो

मकवानपुर । मकवानपुरमा विद्युत महशुल नतिर्ने २८ ग्राहकको एकैदिन लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको पालुङ वितरण केन्द्रले सोमबार २८ ग्राहकको लाइन काटेको हो ।
प्राधिकरणको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार, लामो समयदेखि बक्यौता रकम नतिर्ने क्रम बढ्दै गएपछि लाइन काट्ने अभियान सुरु गरेको हो ।
उक्त अभियान अन्तरगत पहिलो दिन सोमबार औधोगिक व्यावसायिक तथा घरेलु गरि २८ ग्राहकको लाइन काटेको हो । तीमध्ये १३ ग्राहकले ५ लाख ७५ हजार रुपैयाँ महशुल भुक्तानी गरी पुनः लाइन जोडेको उनले बताए ।
१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा विद्युत महशुल बापत २ करोड १० लाख ९३ हजार १ सय ६३ रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।
उनका अनुसार, बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तर जारी रहने छ ।