संसद् अन्तरगत पाँच वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० कार्तिक १५, बुधबार १०:२०
file-photo

काठमाडौं । संसद् अन्तरगत पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठक बस्दैछ । उक्त समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको हो ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आजै बस्दैछ । दुबै बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

यसैगरी, आज संसदीय सुनुवाई समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्ने भएको छ । ती दुबै बैठक बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।