जुवाको खालबाट केही कलाकारसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा केही कलाकारसहित ९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीको सिंहदरबार वृत्तले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गरेका हुन् । पक्राउ परेका उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
