आज पनि घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । केही दिनदेखि ओलारो लागेको सुनको भाउ आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । भाउ घटेसँगै बुधबार सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो छापावाल सुनको भाउ प्रतितोलामा १ लाख १६ हजार र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो मंगलबार चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।
