समाचार
सात दिनदेखि बेपत्ता मकवानपुरका प्रजा मृत फेला
मकवानपुर । सात दिनदेखि बेपत्ता भएका मकवानपुरका टेकबहादुर प्रजा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक ७ गतेदेखि बेपत्ता भएका राक्सिराङ गाउँपलिका वडा नम्वर ६ निवासी प्रजा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, आफुखुसी घरबाट निस्किएर गएका ३० वर्षीय...
बलात्कार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिकास्थित गुम्चाल घर भएका २८ वर्षीय नुमबहादुर रोका रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट...
मंगलबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जनाएको छ । महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले...
हेटौंडा लेडी जेसिजको ‘जेसिज सप्ताह’ भोलिबाट
मकवानपुर । हेटौंडा लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ हुने भएको छ । हेटौंडा लेडीले कार्तिक १५ देखि १८ गतेसम्म जेसीज सप्ताह आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । जेसीज सप्ताह अन्तर्गत असोज १५ गते पहिलो दिन विहान ७ बजे हेटौंडा १ स्थित ब्लड बैँकमा रक्तदान...
जसपाद्वारा पार्टी कार्यालयको भवन निर्माण गर्न समिति गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पिार्टी कार्यालयको भवन निर्माण गर्न समिति गठन गरेको छ । जसपाले ललितपुरमा रहेको आफ्नो जग्गामा पार्टी कार्यालय भवन बनाउन समिति गठन गरेको हो । भवन निर्माण गर्नका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम् केन्द्रीय कार्यकारिणी समितिका सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय...
राष्ट्रिय सभाको बैठक आज पौने ५ बजे बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत पर्ने राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक आज अपराह्न पौने ५ बजे बस्ने गरी आह्वान गरिएको हो । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ...
एमालेको सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र हुने
काठमाडौं । नेकपा एमालेको सबै जिल्ला कमिटी र पालिका कमिटीको अधिवेशन आगामी माग महिनाभित्र हुने भएको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको हो । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको...
बारा हत्या प्रकरण : घटनामा संलग्न रहेको आशंकामा ६ जना पक्राउ
बारा । बारामा गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्वर ६ मदर्शामा सोमबार दिउँसो गोली हानी रुपेश सरार्फ (गुड्डु) को हत्या भएको थियो । सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।...
गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्म जंगली च्याउ खाँखाखाएर तीन जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा स्थानीय ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुको अवस्था मध्यम रहेको र थप उपचारको लागि...
मकवानपुरमा गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी
मकवानपुर । प्रहरीले मकवानपुरमा लागूऔषध गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी राखेको छ । आइतबारबाट प्रहरी टोली परिचालन गरी जिल्लाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गने कार्य तीब्र बनाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीले आइतबार र सोमबार गरेर जिल्लाको...










