हेटौंडा लेडी जेसिजको ‘जेसिज सप्ताह’ भोलिबाट

तु खबर संवाददाता
२०८० कार्तिक १४,मंगलवार १५:०४

मकवानपुर । हेटौंडा लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ हुने भएको छ ।

हेटौंडा लेडीले कार्तिक १५ देखि १८ गतेसम्म जेसीज सप्ताह आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

जेसीज सप्ताह अन्तर्गत असोज १५ गते पहिलो दिन विहान ७ बजे हेटौंडा १ स्थित ब्लड बैँकमा रक्तदान कार्यक्रम र दिउँसो १ बजे हेटौंडा क्याम्पसमा स्वर्गीय बुद्धरत्न शाक्य स्मृति खुल्ला वतृत्वकला प्रतियोगिताको आयोजना गर्ने जनाइएको छ ।

त्यस्तै १६ गते बिहान ७ बजे हेटौंडा १ स्थित ओम बृद्धाश्रममा खाद्यान्न वितरण, दिउँसो १ बजे भुङ्ग्रो थकाली होटलमा बैठक सञ्चालन प्रणाली तालिम हुने जनाइएको छ ।

कार्तिक १७ गते विहान ७ बजे सितल महल चोकमा स्लो स्कुटी प्रतियोगिता, दिउँसो १ बजे श्री प्रावि चकरीमा स्वर्गीय बाशु प्रसाद पौडेल स्मृति शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम हुने भएको सह–मुल कार्यक्रम संंयोजक नम्रता श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार कार्तिक १८ गते विहान ७ बजे हेटौंडा ५ स्थित हाम्रो घर नामक परोपकारी संस्थालाई सरसफाइ सामग्री हस्तान्तरण र सोही दिन दिउँसो २ बजे रोयल पार्टी प्यालेशमा समापन कार्यक्रम हुनेछ ।

खुल्ला वतृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै स्लो स्कुटी रेसमा विजयी हुनेलाई हेलमेट पुरस्कारस्वरुप प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा हेटौंडा लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष डिलमाया धर्ती, कार्यकारिणी उपाध्यक्ष अस्मिता न्यौपाने, उपाध्यक्ष नम्रता श्रेष्ठ, महासचिव सरस्वती थिङलगायत विभिन्न सञ्चार माध्ययममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।