बलात्कार गरेको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १५:३९
सांकेतिक तस्बिर

काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिकास्थित गुम्चाल घर भएका २८ वर्षीय नुमबहादुर रोका रहेको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, नुमबहारमाथि २० वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । उनले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति बलात्कार गरी फरार भएका थिए ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।