जसपाद्वारा पार्टी कार्यालयको भवन निर्माण गर्न समिति गठन

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १०:१६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पिार्टी कार्यालयको भवन निर्माण गर्न समिति गठन गरेको छ ।

जसपाले ललितपुरमा रहेको आफ्नो जग्गामा पार्टी कार्यालय भवन बनाउन समिति गठन गरेको हो ।

भवन निर्माण गर्नका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम् केन्द्रीय कार्यकारिणी समितिका सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा क्रमशः अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।