मकवानपुरमा गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार ०९:१९
फाइल फोटो ।

मकवानपुर । प्रहरीले मकवानपुरमा लागूऔषध गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी राखेको छ ।

आइतबारबाट प्रहरी टोली परिचालन गरी जिल्लाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट गने कार्य तीब्र बनाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीले आइतबार र सोमबार गरेर जिल्लाको विभिन्न स्थानको अन्दाजी ५१ बिगाहामा लगाइएको गाँजा खेती नष्ट गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका–९, सोराङ, रुन्चेवाङ, डनटार, झरना साईड एरियामा अन्दाजी १५ बिगाहा, राक्सिराङ गाउँपालिका–४, जयसिङताल, यतीखोला एरियामा अन्दाजी २७ बिगाहा ३ कठ्ठा र कैलास गाउँपालिका–९,गैरीखेत, साखिनी, कैलाश गाउँपालिका–१० को बाजोखेत एरियामा अन्दाजी १९ बिगाहा गाँजा फँडानी गरिएको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा र कैलाश गाउँपालिकाको विभिन्न वडामा गरी १३७ जना प्रहरी टोली परिचान गरिएको छ ।