सात दिनदेखि बेपत्ता मकवानपुरका प्रजा मृत फेला

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १५:५३
सांकेतिक तस्वीर

मकवानपुर । सात दिनदेखि बेपत्ता भएका मकवानपुरका टेकबहादुर प्रजा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

गत कात्तिक ७ गतेदेखि बेपत्ता भएका राक्सिराङ गाउँपलिका वडा नम्वर ६ निवासी प्रजा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, आफुखुसी घरबाट निस्किएर गएका ३० वर्षीय प्रजा स्थानीय कागबेली सामुदायिक वनमा खिरिलोको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्था मृत फेला परेका हुन् ।

मृतक प्रजाको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ ।