हेटौंडामा घरको छतबाट लडेर बालक घाइते

तु खबर संवाददाता
२०८० कार्तिक १५, बुधबार ०९:०५

मकवानपुर । मकवानपुरको हेटौंडामा मंगलबार घरको छतबाट लडेर एक बालक घाइते भएका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ रानिदरबार नजिक बस्ने उमा बाग्लेको छोरा अन्दाजी २ वर्षीय आएस वाग्ले घरको छतबाट लडेर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आएस आफ्नै घरको एक तलामाथि छतमा खेल्ने क्रममा छतबाट लडेर घाइते भएका हुन् ।

ती बालकको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।