समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक हाल जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । हरेक साताको मंगलबार बस्दै आएको मन्त्रिपरिषद् बैठक यो पटक भने बिहीबार बसेको हो । जारी बैठकले सरकारका नियमित काम–कारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्यको निर्णय गर्ने जनाइएको छ ।
मकवानपुरमा अवैध पटका बरामद
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ स्थित ठिंगनबाट बुधबार प्रहरीले अवैध पटका बरामद गरेको छ । प्रहरीले बम २० थान (२ प्याकेट), चक्र–२५ थान (१ प्याकेट), फुलझरी २० थान (२ प्याकेट) र नागिन पड्का २ प्याकेट बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त पटका कान्तिलोकपथमा खटिएको...
आजबाट सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ने
काठमाडौँ । आजबाट सरकारी कार्यालयहरु अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएका छन् । सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेअनुसार आजबाट कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ला रहनेछ । चिसो र दिन छोटो हुने भएकाले हरेक...
मकवानपुर प्रहरीद्वारा १६० बिगाहा १ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लागइएको लागूऔषध गाँजा तथा अफिम खेती नष्ट गरेको छ । प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको १६० बिगाहा १ कठ्ठामा गाँजा तथा अफिम खेती नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका...
हेटौंडा लेडी जेसीजले आयोजना गरेको वक्तृत्वकलामा सुनिल प्रथम
मकवानपुर । हेटौँडा लेडीले जेसीजको जेसीज सप्ताह–२०२३ अन्तर्गत आयोजित स्व. बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा सुनिल न्यौपाने प्रथम भएका छन् । हिजो बुधबार दिउँसो हेटौँडा क्याम्पसको सभाहलमा भएको प्रतियोगितामा सहभागी ५ मध्ये सुनिल प्रथम भएको सह–मुल कार्यक्रम संयोजक नम्रता श्रेष्ठले जानकारी दिइन् । देशको आर्थिक सुधारमा युवाको भूमिका” विषयक्...
हेटौंडाबाट वेवारिसे अवस्थामा पेस्तोल बरामद
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार हेटौंडाबाट पेस्तोल बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सेल्फी रोडबाट मेड ईन ईङ्गल्याण्ड लेखेको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा...
जेसीजको राष्ट्रिय उपाध्यक्षमा मकवानपुरका कार्कीले दिए उम्मेदवारी
मकवानपुर । पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले नेपाल जेसीज वर्ष २०२४ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । २० वर्षपछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको उम्मेदवार कार्कीले बताए । कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने बताए...
रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुने
काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुने भएको छ । उनको रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला सुनाउने भएको सर्वोच्च अदालतले जनाएको छ । अदालतका अनुसार, उक्त मुद्दाको सुनुवाइ न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको थियो...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते
धनगढी । डोटीमा बुधबार साँझ मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सालिन राना मास्के मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । यस्तै, सोही...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा...










