रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुने
काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्धको रिटमा आज फैसला हुने भएको छ । उनको रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला सुनाउने भएको सर्वोच्च अदालतले जनाएको छ ।
अदालतका अनुसार, उक्त मुद्दाको सुनुवाइ न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको थियो ।
हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा आममाफी दिएका थिए ।
तर, रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
