आजबाट सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ने

तु खबर संवाददाता
२०८० कार्तिक १६,बिहीबार ०९:३५
file-photo

काठमाडौँ । आजबाट सरकारी कार्यालयहरु अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेअनुसार आजबाट कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ला रहनेछ ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।