मकवानपुरमा अवैध पटका बरामद

तु खबर संवाददाता
२०८० कार्तिक १६, बिहीबार १०:०२

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ स्थित ठिंगनबाट बुधबार प्रहरीले अवैध पटका बरामद गरेको छ ।

प्रहरीले बम २० थान (२ प्याकेट), चक्र–२५ थान (१ प्याकेट), फुलझरी २० थान (२ प्याकेट) र नागिन पड्का २ प्याकेट बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त पटका कान्तिलोकपथमा खटिएको चेकिङ टोलीले बरामद गरेको हो ।

विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८१ प १५४२ नमवरको मोटरसाइकल चेकजाँच गर्दा सो मोटरसाइकल चालकले बोकेको झोला भित्र कपडाको बिच भागमामा लुकाइछिपाइ राखिएको सो परिमाणको पटकका बरामद गरी नियन्त्रणमा लिइएको हो ।