संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको हो ।
सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
सभामुख घिमिरे मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको जानकारी गराएका हुन् ।
