भुकम्प अपडेट: मृत्यु हुनेको संख्या १२८ पुग्यो
सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार, जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
यस्तै, जाजरकोटमा भुकम्पमा परेर हालसम्म ५५ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको र केही केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरिएको जनाएको छ ।
यसैगरी, रुकुम पश्चि प्रहरीका अनुसार, घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ । घाइते हुनेको संख्या बढ्ने क्रममा जारी रहेको छ ।
