खसीको मासु भनेर बाख्राको मासु बेच्ने पक्राउ
जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलमा खसीको मासुसंगै बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरेको हो ।
सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
