भूकम्प प्रभावितको उद्धार तथा राहतबारे निर्णय सिंहदरबारमा बैठक जारी

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार १०:४६

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचार बारे निर्णय गर्न हाल सिंहदरबारमा बैठक जारी छ ।

बैठक उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरू रहेका छन् ।