देशभर डेंगु संक्रमितको संख्या ४४ हजार नाघ्यो

तु खबर संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १७:४८
file-photo

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो समयमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेसँगै कुल संख्या ४४ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।

महाशाखाका अनुसार, हालसम्म ७६ जिल्लामा गरी ४४ हजार ८४ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै सो अवधिमा २० जना सङ्क्रमितको मृत्यु भएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी सङ्क्रमित कोसी प्रदेशमा रहेको छ । त्यहाँ २४ हजार २०१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, गण्डकीमा ११ हजार ३७५ जना, बागमती प्रदेशमा ५ हजार ५५२ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ३६९, लुम्बिनी प्रदेशमा ८१३, मधेस प्रदेशमा ६१८, कर्णाली प्रदेशमा १५६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।