विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान

तु खबर संवाददाता
२०८० कार्तिक १९, आईतवार ०९:२३
file-photo

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको उक्त परिषद्को बैठक आज बिहान साढे ९ बजे बस्ने गरी आह्वान गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

सो बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायतको सहभागी रहनेछन् ।

बैठकमा गत शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्धार र उपचारबारे छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ ।