समाचार

आजदेखि अवैध मोबाइलमा ‘एमडिएमएस’ प्रणाली लागू

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू हुने भएको छ । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर उक्त प्रणाली लागू गर्न लागिएको हो । प्राधिकरणले गत वर्ष असोज १ देखि परीक्षणका रूपमा संचालनमा ल्याइएको सो प्रणालीलाई त्यसको...

अवैध गाँजासहित मकवानपुरका तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरको हेटौंडा–१५ रातोमाटेबाट आइतबार बिहान लागूऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्वर ८ बस्ने अन्दाजी ४० वर्षीय मंगल थोकर, १८ वर्षीय दिपक मोक्तान र ५० वर्षीय बुद्धि मोक्तान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा...

भूकम्पबाट ११ जिल्ला प्रभावित

जाजरकोट । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परेर जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान जिल्ला प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु...

हेटौंडामा सवारी दुर्घटना, ६ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा–८ र हेटौंडा–४ भएको छुट्टाछुट्टै दुर्घटनामा परेर उनीहरु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कर्रा पुल नजिकै आज दिउँसो...

मकवानपुरमा एक महिला मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरमा आज दिउँसो एक महिला मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने अन्दाजी ५३ वर्षीया विष्णुमाया घलान मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घलान आफ्नै घरको भान्सा कोठको...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले...

माओवादीले भुकम्प पीडितलाई ५० लाख उपलब्ध गराउने

काठमाडौं । नेकपा माओवादी केन्द्र भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले उक्त निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । उनका अनुसार, बैठकले भुकम्प पीडितहरूलाई राहत र पूनर्निमाणमा पार्टीको कोषबाट उक्त...

हेटौंडाका राईले ग्याँसको ट्याङ्कीमा बसेर चुरोट सल्काउन खोजेपछि…

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार दिउँसो गोबर ग्याँसको ट्याङ्कीमा बसेर चुरोट सल्काउन खोज्दा एक्कासी आगलागी हुँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–६, हात्तिलेट बस्ने २६ वर्षीय समित राई रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो...

एकीकृत समाजवादीको सचिवालय बैठक एक दिन पर सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक एक दिन पर सरेको छ । आइतबारका लागि बोलाइएको बैठक भोलि सोमबार बस्ने गरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार, बैठक भोलि बिहान साढे ८ बजे बस्ने भएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा...