यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० कार्तिक २०, सोमबार ०८:३९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार, देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, भोलि मंगलबार पनि देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।