एकीकृत समाजवादीको सचिवालय बैठक एक दिन पर सर्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक एक दिन पर सरेको छ ।
आइतबारका लागि बोलाइएको बैठक भोलि सोमबार बस्ने गरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रचार विभाग प्रमुख खतिवडाका अनुसार, बैठक भोलि बिहान साढे ८ बजे बस्ने भएको हो ।
पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची–महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारवाही र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।