भुकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो
काठमाडौं । जाजरकोटमा गएराति आएको शक्तिशाली भुकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
पछिल्लो अपडेट अनुसार ९९ जना महिला र ५८ जना पुरुषको भुकम्पका कारण मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये सबैभन्दा धेरै जाजरकोटका रहेका छन् । त्यहाँ १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।
त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
यसैगरी, हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९, दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । तीमध्ये ५ जना डिस्चार्ज भइसकेका छन् ।
