सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

तु खबर संवाददाता
२०८० कार्तिक १९, आईतवार ०९:२९
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक हाल जारी छ । बिहान ८ बजे बस्ने गरी आहवान गरिएको मन्त्रिपरिषद् केही समयअघि सिंहदरबारमा सुरु भएको हो ।

उक्त बैठकमा भुकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको जनाइएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु गरेर गएको शक्तिशालि भुकम्पमा परेर जाजरकोट र रुकमपश्चिमलगायतको जिल्लामा ठूलो मानवीय क्षतिका साथै भौतिक क्षति भएको छ ।

उक्त भुकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।