मकवानपुरको हाँडीखोलामा निःशुल्क दन्त शिविर सम्पन्न

तु खबर संवाददाता
२०८० कार्तिक १९, आईतवार ०८:४५

मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडिखोलामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

उक्त शिविर रोटरी क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ हेटौंडाको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो ।

एभरेष्ट डेन्टल क्लिनिक र पुजा दात घरको प्राविधिक सहयोग र डाक्टर मनोज कुमार उपाध्यायको नेतृत्वमा ५ जना दन्त चिकित्सकहरुले दन्त परिक्षण गरेका थिए ।

रोटरी कम्युनिटी कर्प्स आरसिसिको स्थानिय समन्वय र मनहरी–३ हाडिखोला वडा कार्यालयको संयोजनमा सञ्चालित उक्त शिविरमा उक्त शिविरमा बालबालिका देखि ८५ वर्ष उमेर समूहका वृद्धवृद्धाहरुले सेवा लिएका थिए ।

साथै बिरामीहरुको आवश्यकता अनुसार निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।