हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईनसहित शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवनकोभरतपुर महानगरपालिका–१२ नौरङगे बस्ने ३३ वर्षीय बिशाल दराई र सोही महानगरपालिका–९ बस्ने २३ वर्षीय अमृत दुरा रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, उनीहरुलाई लागूऔषध खैरो हेरोईन ८ ग्रामसहित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
विरगञ्जबाट काठमाडौंतर्फ जानको लागि आउँदै गरेको बा.प्र.–०३००१ ख १७२६ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
