बागमती प्रदेश प्रमुख शर्माद्वारा समवेदना व्यक्त

तु खबर संवाददाता
२०८० कार्तिक १९, आईतवार १६:१५
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोटको रामेडाँडामा शुक्रबार राति गएको शक्तिशालि भुकम्पमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै गत कात्तिक १७ गते शुक्रबार राति आएको ६.४ म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु भएकाहरुप्र श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका हुन् ।

उनले उक्त भुकम्पबाट पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिको खबरले आफू अत्यन्त मर्माहत भएको बताउँदै यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिंगो देश नै स्तब्ध भएको उल्लेख गरे ।

प्रदेश प्रमुख शर्माले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै भुकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकार लगायत सम्बन्धित पक्षलाई आग्रह गरे ।