एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बिहान ८ बस्ने बस्ने गरी बोलाइएको बैठक केहीबेर अघिबाट सुरु भएको हो ।
आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो । बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको हो ।
बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी र सरकारका कामकारबाहीबारे छलफल हुने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
