ब्राउन सुगरसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार ०९:४२
सांकेतिक तस्बिर

पोखरा । पोखराबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–२१ कस्यारघाट ननिकबाट लागूऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा १३ बाँझापाटनका २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ का २१ वर्षीय अनिस सुनार रहेका छन् ।

उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी लागूऔषध मुद्धामा अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।