फेरी सर्ने भयो कांग्रेस महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकको मिति फेरी सर्ने भएको छ ।
आगामी मंसिर २९ देखि पुस २ सम्म संचालन हुने गर्ने गरी तोकिएको महासमिति बैठक फेरी पुस १५ पछि बस्ने गरी सार्ने भएको हो ।
गत कात्तिक ५ गते बसेको कार्यसम्पादन समितिको बैठकले भूकम्प र हलका कारणले बैठक सारेको थियो । त्यसअघि केन्द्रीय समिति बैठकले मंसिर १३ देखि १५ सम्मको मिति तोकेको थियो ।
महासमिति प्रतिनिधि छनोट गर्न थप समय लागेको र केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले केही दिन बैठकको मिति सार्न लागिएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए ।
